दफा ३४
सहयोग गर्नुपर्ने
– यस ऐन बमोजिम कार्य गर्दा निरीक्षक तथा कार्यालयको प्रमुखले भन्सार, हवाई अड्डा, वायुसेवा, हुलाक, प्रहरी, स्थानीय प्रशासन समक्ष आवश्यक सहयोगको लागि अनुरोध गर्न सक्नेछ र त्यसरी अनुरोध गरेमा सम्बन्धित निकाय तथा अधिकारीले आवश्यक सहयोग गर्नु पर्नेछ ।